logo-img

कलंकीबाट हराएकी स्नेहा पशुपतिनाथमा भेटिइन्

एक साताअघिदेखि कलंकीबाट हराएकी चितवनकी स्नेहा लामिछाने पशुपतिनाथ मन्दिर परिसरमा भेटिएकी छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेका अनुसार २० वर्षीया लामिछाने बुधबार पशुपति मन्दिरको आरती स्थलमा भेटिएकी हुन् ।

काठमाडौंको सगरमाथा इञ्जिनियरिङ कलेजमा कम्प्युटर इञ्जिनियरिङतर्फ पहिलो सेमेस्टरमा अध्ययनरत उनी चितवनको कालिका नगरपालिका–६ स्थित जमुनापुरकी स्थानीय हुन् । 

उनले सगरमाथा बोर्डिङबाट एसईई र न्यू क्यापिटल कलेजबाट १२ कक्षा उत्तीर्ण गरेकी थिइन् ।

आफन्तको सहयोगमा उनलाई पशुपतिनाथ मन्दिरको आरती गर्ने ठाउँबाट उद्धार गरिएको एसएसपी रजौरेले जानकारी दिए ।





  • प्रकाशित मिति : वैशाख २६, २०८१ बुधबार २१:९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया