logo-img

बलिउडमा खानको जादू चल्छ नै भन्ने छैनः क्याट्रिना कैफ

एजेन्सी– गत वर्ष बलिउड अभिनेत्री क्याट्रिना कैफले साहरुख खान र आमिर खानसँग फिल्ममा काम गरिन् । तर, दुवै फिल्मले बलिउड बक्स अफिसमा खासै राम्रो गर्न सकेनन् । यति मात्र होइन, अर्का खान सलमान खानको फिल्म रेस ३ पनि फ्लप भयो । 

त्यसैले हुनुपर्छ, आफ्नो पछिल्लो अन्तर्वार्तामा बलिउड अभिनेत्री क्याट्रिना कैफले भनेकी छिन्, ‘अब खानहरुको जादू नै चल्छ भन्ने छैन ।’ उनले अब त आफूले अभिनेता भन्दा पनि स्क्रिप्ट हेरेर फिल्ममा काम गर्ने बताएकी छिन् । क्याट्रिनाले अहिलेसम्म साहरुखसँग २, सलमानसँग ७ र आमिरसँग २ फिल्ममा काम गरिसकेकी छिन् ।

‘खासमा त फिल्मको स्क्रिप्टका कारण पनि फिल्म नचल्ने हुनसक्छ,’ उनले भनेकी छिन्, ‘अब बितेको समय सकियो, नयाँ गर्नेबारे सोच्न खोजिरहेकी छु ।’ क्याटरिनाले आफूले अब थ्रिलर फिल्म गर्न चाहेको पनि बताएकी छिन् । एक भारतीय मिडियालाई अन्तर्वार्ता दिँदै क्याट्रिनाले भनेकी छिन्, ‘अहिले पनि भारतीय फिल्ममा अभिनेत्रीहरुलाई अभिनेताको जस्तो समान अवसर छैन ।’





  • प्रकाशित मिति : जेठ १६, २०७६ बिहीबार ०:२९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया