दोहोरिएर आयो ‘वान्गिरी स्क्याम’, नचिनेका विदेशी नम्बरबाट आएका फोन नउठाउनू, कलब्याक नगर्नू– दूरसञ्चार प्राधिकरण

काठमाडौं– मोबाइल तथा ल्यान्डलाइन फोनमा विदेशका नम्बरबाट ‘स्क्याम कल’ आउन थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले नचिनेका विदेशी नम्बरबाट आउने फोन नउठाउन र मिस्डकलको कलब्याक नगर्न प्रयोगकर्ताहरुलाई आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले यस्ता कलको रेस्पोन्स नगरी सोझै प्राधिकरणमा खबर गर्न सबैलाई अपिल गरेको छ ।

विदेशका अपरिचित नम्बरबाट आउने मिस्डकल तथा फोनले प्रयोगकर्ता हैरान बनेपछि प्राधिकरणले यसबारे आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सम्बन्धित दूरसञ्चार सेवाप्रदायकहरूलाई यसको रोकथामका लागि निर्देशनसमेत दिएको छ ।

केही समयअघि मोबाइल प्रयोगकर्तामाझ त्रास फैलाएको विदेशका अपरिचित नम्बरबाट बारम्बार फोन तथा मिस्डकल आउने समस्या अहिले फेरि देखिन थालेको हो । कतिपय मोबाइल प्रयोगकर्ता यस्तो फोन आउँदा रातो देखिने र ‘स्क्याम कल’ भनेर आउने गरेको बताउँछन् । 

प्राधिकरणका अनुसार, यस्तो कललाई प्राविधिक भाषामा वान्गिरी स्क्याम भनिन्छ । विशेष गरी यस्तो कल प्रयोगकर्तालाई ठग्ने उद्देश्यले गरिन्छ ।

यसअघि, यस्तो कल उठाउने वा कलब्याक गर्नेको ब्यालेन्स चोरी हुने समस्या देखिएको थियो । प्रयोगकर्ता ठगिएपछि प्राधिकरणको पहलमा समाधान गरिएको थियो । प्राधिकरणले अहिले पनि समस्या समाधानका लागि पहल थालेको बताएको छ । यद्यपि, यसपटक आएका कलले कस्तो समस्या निम्त्याएको छ, पहिचान भइसकेको छैन । 





  • प्रकाशित मिति : साउन ९, २०७६ बिहीबार १४:४६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया