आजसम्म पत्नीकाे पर्स हेरेका छैनन् शाहरुखले

बलिउडका चर्चित नायक शाहरुख खानले सम्मान बिनाको प्रेमकाे अर्थ नहुने बताएका छन् । भारतीय संचार माध्यम 'इन्डियन एक्सप्रेस'लाई अन्तर्वाता दिने क्रममा  उनले सो कुरा बनाएका हुनु । उनले भने, 'सम्मान बिना प्रेम हुँदैन।'  

'सम्मान भनेको समानता हो, र मैले भनेको समानता समाजिक सञ्जालमा भनिने समानता मात्रै होइन । मेरो लागि त समानता भनेको एक अर्काले आफ्नो कमजोरीमा सघाउनु हो,' शाहरुखले भने । 

शाहरुखले आफ्नै उदाहरण दिँदै भने, 'म ३० वर्षदेखि विवाहित छु, तर अहिलेसम्म श्रीमतीको पर्स हेरेकाे छैन । उनी कपडा फेर्दै छिन् भने ढाेका ढक्कढकाएर बेडरूममा  जाने गर्छु । म छोरीको कोठमा जाँदा पनि ढाेका ढक्कढकाएर जान्छु । उनीहरु मेरा प्रिय छन् । तर, मलाई थाहा छ उनीहरुको पनि व्यक्तिगत जीवन हुन्छ ।' 





  • प्रकाशित मिति : असोज ५, २०७६ आइतबार २२:१४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया