क्रिकेट रंगशालामा जारी धनधान्याचलमा एकै दिन पाँच करोड संकलन

चितवन– धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्ने लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी धनधान्याचल महोत्सवमा बिहीबार मात्रै करिब पाँच करोड आर्थिक संकलन भएको छ ।

सो महायज्ञमा जिल्ला समन्वय समिति चितवनले २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ । यस्तै चितवनको पोल्ट्री क्षेत्रबाट एक करोड सहयोगको घोषणा गरिएको छ । त्यस्तै चितवनका उद्योगी व्यवसायीको तर्फबाट ६३ लाख सहयोग गरिएको छ ।

नेपाल पोल्ट्री महासंघका केन्द्रीय अध्यक्ष गुणचन्द्र विष्टले १ करोड सहयोगको घोषणा गरेका हुन् । उनले महायज्ञस्थलमा पुगेर ५० लाख नगद दिएका छन् भने बाँकी रकम छिट्टै पुर्याउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै चितवनका उद्योगी व्यवसायीको तर्फबाट ६३ लाख सहयोग गरिएको छ ।

माडी नगरपालिकाले ३० लाख रंगशाला निर्माणका लागि सहयोग गरेको छ । नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकाल धनधान्याचलमै पुगेर सहयोग रकम उद्घोष गरेका हुन । उद्योग संघले ६५ लाख सहयोग गर्ने घोषणा गरे । जसमध्ये आज ३५ लाखको चेक दिएका छन् । 

रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी धनधान्याचल महोत्सव सुरु भएको छ । महोत्सवमा पण्डित दिनवन्धु पोखरेल प्रमुख वाचकको रुपमा रहेका छन् । २६ गतेसम्म चल्ने महोत्सवबाट ५० करोड उठाउने लक्ष्य रहेको छ ।

करिब ३ अर्ब लागतमा २ वर्षभित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ । अहिलेसम्म सात करोडभन्दा बढी रकम संकलन भइसकेको महोत्सव मूल आयोजक समितिका महासचिव दिनेश कुमार चुकेले बताए ।





  • प्रकाशित मिति : माघ २४, २०७६ शुक्रबार १७:३७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया