एजेन्सी– सुडानका प्रधानमन्त्री अब्दाल्ला हामदोक एक हत्या प्रयासबाट बचेका छन् । उनलाई सुडानको राजधानी खार्टोओममा हत्या गर्ने प्रयास गरिएको त्यहाँका सन्चारमाध्यमले जनाएका छन् ।
उनी सवार रहेको कारगेडलाई लक्षित गरि विस्फोट गराइएको थियो । त्यसपछि उनलाई सुरक्षित ठाउँमा सारिएको छ ।
उनको सचिवालयले अहिले उनी सुरक्षित स्थानमा भएको जनाएको छ ।
‘उनी अफिस जाँदा उनीमाथि आक्रमण प्रयास भएको हो,’ त्यहाँका मिडियाले लेखेका छन् । यसको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।