logo-img

बिहारमा पनि कोरोना भाइरसका कारण एकको मृत्यु

एजेन्सी– बिहारको राजधानी पटनाको एम्स अस्पतालमा कोरोना भाइरसका कारण एक संक्रमितको मृत्यु भएको छ । यो बिहारमा भएको पहिलो मृत्यु हो भने भारतमा भएको छैटौँ मृत्यु । 

स्थानीय पत्रकार निरज सहायका अनुसार यी व्यक्ति कतारबाट फर्किएका थिए । उनको मृत्यु शनिबार विहान भएको थियो । पछि उनमा कोरोना भाइरस संक्रमण देखिएको हो ।

बिहारमा अर्का एकजना पनि कोरोना संक्रमित छन् । उनको अहिले अस्पतालमा उपचार भइरहेको छ । उनी स्कटल्यान्डबाट फर्किएका हुन् ।

आइतबारअघि बिहारमा एउटा पनि कोरोना भाइरस संक्रमित देखिएका थिएनन् ।





  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार १२:५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया