एजेन्सी– बेलायती महारानी एलिजावेथले देशवासीको नाममा सम्बोधन गर्ने भएकी छिन् । त्यहाँको टेलिभिजनमा उनको सन्देश प्रशारण हुने भएको छ ।
६८ वर्ष लामो शासनकालमा यो उनको चौथौं सम्बोधन हुनेछ ।
बेलायतमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै जाँदा उनको यो सम्बोधन आउन लागेको हो । हिजोमात्र बेलायतमा एक पाँच वर्षे बालकसहित ७०८ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।
यसअघि बेलायती महारानीले बेलायत ठूला आपत्मा पर्दा मात्र सम्बोधन गर्ने गरेकी थिइन् । यसअघि उनले सन् १९९१, सन् १९९७, सन् २००२ मा देशवासीका नाममा सम्बोधन गरेकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।