logo-img

मेक्सिकोमा लागुऔषध कारोबारी समूहबीच गोली हानाहान, १९ जनाको मृत्यु

एजेन्सी– दुई विपक्षी लागुऔषध कारोबारी समूहबीच मेक्सिकोमा भएको गोली हानाहानमा १९ जनाको मृत्यु भएको छ । समाचार संस्था अलजजिराका अनुसार मेक्सिकोको छिहुआहुआस्थित सीमामा भएको झडमा १९ जनाको मृत्यु भएको हो । 

स्थानीय अधिकारीहरुका अनुसार घटनास्थलमा १८ जनाको शव, दुईवटा ग्रिनेड, सवारीसाधन र बन्दुकहरु, फुटेका हेल्मेटहरु भेटिएको छ । अमेरिकातर्फ लागुऔषध ओसार्ने दुईवटा अपराधिक समूहबीच झडप भएको रोयटर्सले जनाएको छ । 

दुई हतियारधारी सडकमा घाइते अवस्थामा भेटिएका थिए । जसमा एकजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 

उक्त क्षेत्रमा अहिले प्रहरी र सेना परिचालन गरिएको जनाइएको छ ।





  • प्रकाशित मिति : चैत २३, २०७६ आइतबार १४:४५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया