logo-img

आमाको मुख हेर्ने औंसीमा अनलाइनबाट सामान किन्दा एनआईसी एशिया बैंकले १०% रकम फिर्ता गर्ने

काठमाडौं। एनआईसी एशिया बैंकले अनलाइन डेलिभरीका माध्यमबाट आमाको मुख हेर्ने औंसीमा बिहीबार दिनभर केक र  उपहार सामाग्री खरिद गर्दा १० प्रतिशत वा अधिकतम पाँच सय रुपैयाँ फिर्ता दिने भएको छ । बैंकले जारी गरेकाे विज्ञप्तिअनुसार बैंकले फूडमाण्डू, ग्यापु मार्केट प्लेस र युजी केकमार्फत किनेमा रकम फिर्ता दिने जनाएको छ।

बैंकको मोबाइल बैंकिङ तथा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी उपहार सामग्रीको रकम भुक्तानी गर्दा मात्र नगद फिर्ता पाउने विज्ञप्तिमा उल्लेख छ ।

लकडाउनको समयमा ग्राहक महानुभावहरूलाई घरमै बसी यसरी अनलाइनबाटै समान खरिद गर्न सहज होस भन्ने अभिप्रायले बैंकले मोबाइल बैंकिङ तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने समेत बनाएको छ ।

बैंकले लकडाउन आवधिभर दराज अनलाइनमा बिगमार्ट, सेल्सवेरी, मेरो किराना, फूडमाण्डू र सेन्ट्रल बजारमार्फत खाद्यान्न खरिद गर्दा १० प्रतिशत वा अधिकतम पाँच सय नगद फिर्ता गर्ने योजना कार्यान्वयनमा ल्याइरहेको छ ।

बैैंकका ग्राहकले मोबाइल बैंकिङ तथा कार्ड प्रयोग गरी नेपालभरका २,५०० वटाभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट सुविधा पनि छ ।





  • प्रकाशित मिति : वैशाख ११, २०७७ बिहीबार ३:७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया