logo-img

रुपन्देही र रुकुम पश्चिमको हिंसाका घटनामा संलग्‍नलाई कारबाही गर : एमनेस्टी इन्टरनेसनल

काठमाडौं– अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले रुपन्देही र रुकुम पश्चिममा भएका हिंसाका घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । 

जेठ १० गते रुपन्देही र रुकुममा भएका घटनामा संलग्न दोषीमाथि कारबाही गरी पीडित पक्षलाई न्याय दिलाउन एमनेस्टीले माग गरेको हो ।

रुपन्देहीमा कथित उपल्लो जातिका व्यक्तिबाट १२ वर्षीया बालिकालाई बलात्कार भएको घटना सार्वजनिक भएपछि जनप्रतिनिधिको संलग्नतामा उनको विवाह बलात्कारी पुरुषसँगै गराइएको र प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती बालिकाको बलात्कारपछि हत्या गरिएको र शव रुखमा झुन्ड्याइएको देखिएको एमनेस्टी इन्टरनेसनलले जनाएको छ ।

विज्ञप्तिमा पश्चिम रुकुममा भएको हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न पनि माग गरिएको छ । 

रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विकलगायत १८ जनाको समूहलाई उनका प्रेमिकाको परिवार तथा वडाअध्यक्षसहितका गाउँलेले लखेट्दै भेरी नदीसम्म पुर्‍याएको घटनामा नवराज लगायत पाँचजनाको ज्यान गएको छ भने एकजना अझै बेपत्ता छन् । 

दुवै घटनामा स्थानीय सरकारका प्रतिनिधि मुछिएका कारण यी घटनाहरूको स्वतन्त्र र प्रभावकारी अनुसन्धान हुनुपर्ने एमनेस्टीको ठहर छ । 





  • प्रकाशित मिति : जेठ १६, २०७७ शुक्रबार १०:४०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया