काठमाडौ– आइतबार साँझ भक्तपुरमा गुडिरहेको मोटरसाइकल नालीमा खस्दा त्यसमा सवार चालकको मृत्यु भएको छ ।
कमलविनायकस्थित नालीमा खस्दा सोही वडाका चालक १७ वर्षीय रञ्जित माहाजुको उपचारका क्रममा मृत्यु भएको हो ।
उनले चलाएको बा९५प १४५५ नम्बरको मोटरसाइकल खरिपाटीबाट कमलविनायकतर्फ जाँदै गरेको अवस्थामा सडकको नालीमा खसेको थियो ।
सुरुमा भक्तपुर अस्पतालमा उपचार गरेपछि उनलाई आइतबारै ट्रमा सेन्टर ‘रिफर’ गरिएको थियो । उपचारका क्रममा राति १० बजे उनको मृत्यु भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।