logo-img

राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक पक्राउ

काठमाडौं– एक ऋणीले बैंकलाई झुक्याएर ऋण लिएको बयान दिएपछि राष्ट्रिय वाणिज्य बैंक नेपालगञ्ज त्रिभुवन चौकका शाखा प्रबन्धक पक्राउ परेका छन् । नेपालगन्ज त्रिभुवन चोकमा रहेको राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक ललितबहादुर शाही पक्राउ परेका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिका–११ का सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढले राष्ट्रिय वाणिज्य बैंकलाई झुक्याएर १ करोड २५ लाख रुपैयाँ ऋण लिएको अभियोगमा २७ जेठमा पक्राउ परेका थिए ।

उनीमाथि जग्गाधनी प्रमाणपत्र (लालपुर्जा), ट्रेस, नक्सा र कर तिरेको रसिदलगायतका सरकारी कागजात किर्ते गरेको आरोप छ । उनको बयान र अनुसन्धानका आधारमा बैंकका प्रबन्धक शाहीलाई पनि प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।

ऋणी जसगढमाथि मालपोत कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेको आरोप छ । जिप्रका बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास खड्काले मुद्दाको अनुसन्धान गर्ने क्रममा बैंक प्रबन्धक शाहीलाई पनि पक्राउ गरिएको हो ।

उनलाई जिल्ला अदालत बाँकेबाट अनुसन्धानका लागि म्याद थप गरिएको छ । प्रहरीले सरकारी कागजात किर्ते गरेको अभियोगमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ । बैंकिङ कसुरको मुद्दा चल्दा भने उनी बैंकका थुप्रै खालका अनुसन्धानका दायरामा आउन सक्ने बताइएको छ ।





  • प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार १९:२०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया