जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले आफ्नो पार्टीले एमसिसीबारे कुनै निर्णय गरिनसकेको बताएका छन् । आज ट्विट गर्दै उनले यसबारे पार्टीले कुनै आधारिक धारणा सार्वजनिक नगरेको दाबी गरेका हुन् ।
एमसिसीबारे जनता समाजवादी पार्टीको निर्णय भनेर सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा आएका कुरा भ्रामक मात्र रहेको उनले स्पष्ट पारेका छन् ।
‘एमसिसीबारे जनता समाजवादी पार्टीले कुनै निर्णय गरिसकेको छैन । पार्टीले कुनै आधिकारिक धारणा सार्वजनिक पनि गरेको छैन’, उनले भनेका छन्, ‘पार्टीको नामबाट बाहिर आएको भनिएको धारणा पार्टीको आधिकारिक हैन । पार्टीको निर्णय भनी एमसिसीबारे केही सामाजिक सञ्जाल र सञ्चार माध्यमद्वारा प्रचार गरिनु भ्रामक र गलत हुन् ।’
यसअघि विचाराधीन रहेको एमसिसी संशोधन नगरी पास गर्न नहुने निर्णय जसपाले गरेको भन्ने समाचार आएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।