logo-img

व्यक्तिगत घर बनाउनेलाई मौद्रिक नीति वाधक, हाउजिङका घर किन्नेलाई थप सुविधा

बैंकबाट कर्जा लिएर घर किन्न चाहने उपभोक्तालाई शुक्रबार जारी भएको मौद्रिक नीतिले केही राहत दिएको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले कर्जा सुरक्षण मूल्य अनुपात (एलटीभी रेसियो) को सीमा ६० प्रतिशत पुर्याएसँगै आवास उपभोक्तालाई सहुलियत मिलेको छ । 

 

नयाँ व्यवस्था अनुसार अब धितो मूल्यको ६० प्रतिशतसम्म कर्जा सुविधा पाइने भएको छ । यसअघि यो सीमा ५० प्रतिशतमात्र थियो ।

 

तर, एलटीभी रेसियोको नयाँ सीमा हाउजिङ डेभलपरले बनाएका व्यवस्थित आवास परियोजनाका घर किन्नेले मात्र पाउने नीतिमा उल्लेख छ । सरकारबाट स्विकृतीप्राप्त निर्माणाधीन आवास आयोजनालाई दिँदै आएको कर्जाको धितो मूल्यांकनमा समेत मौद्रिक नीतिले सहुलियत दिएको छ ।

 



व्यक्तिगत पहिलो घर निर्माणका लागि प्रवाह गर्ने कर्जामा भने राष्ट्र बैंकले कडाइ गरेको छ । गत कात्तिकमा घरजग्गा तथा रियलस्टेट कर्जासम्बन्धी व्यवस्थामा संशोधन गर्दै राष्ट्र बैंकले ‘फर्स्ट होम बायर’ का लागि धितो मूल्यांकनको ७० प्रतिशतसम्म ऋण सुविधा पाइने व्यवस्था गरेकोमा नीतिले यसलाई उल्ट्याएर राष्ट्र बैंकले पहिलो घर निर्माणकर्तालाई दिने ऋणको एलटीभी रेसियो ६० प्रतिशत बनाएको हो । 

 



अन्य घरजग्गा तथा रियल इस्टेट कर्जाको हकमा भने कर्जा सुरक्षण मूल्य अनुपातको सीमा मौद्रिक नीतिले परिवर्तन गरेको छैन । यो कर्जामा एलटीभी रेसियो काठमाडौं उपत्यकाभित्र ४० प्रतिशत र अन्य स्थानको हकमा ५० प्रतिशत छ ।
 

  • प्रकाशित मिति : साउन २, २०७७ शुक्रबार १७:२१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया