logo-img

अझै केही दिन पानी पर्ने विभागको दावी


नेपालका विभिन्न भागमा मौसम बदली भए पनि अधिकांश भूभागमा ठूलो वर्षा नहुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतर्फ रहेकोे र भारतको मध्यप्रदेशका बनेको न्यूनचापीय क्षेत्रको प्रभाव देशभर पर्ने विभागले जनाएको छ । मंगलबार दिउँसो भने सामान्य वर्षा हुने विभागले जनाएको छ ।


विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश न ५ र कर्णाली प्रदेश तथा आसपासका भू–भागका एक दुई स्थानमा वर्षा हुने जनाएको छ ।


मङ्गलबार दिउँसोदेखि साँझसम्म सामान्यतया बदली रही केही स्थानमा हल्लादेखि मध्यम खालको वर्षा हुने विभागको भनाइ छ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले सबैलाई अनुरोध समेत गरेको छ । मनसुन अझै नसकिएकाले बदली रहने विभागको भनाइ छ ।
 





  • प्रकाशित मिति : भदौ २, २०७७ मंगलबार १४:४४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया