logo-img

नेपाल टेलिकमको अफर : ‘एसईई स्टुडेन्ट सिम’

नेपाल टेलिकमले एसईई उत्तीर्ण विद्यार्थीलाई निःशुल्क  रुपमा अफर प्याकसहितको ‘एसईई स्टुडेन्ट सिम’  उपलब्ध गराउने भएको छ । कुनै विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने त्यही सिममा अफर उपलब्ध गराउने व्यवस्था समेत रहेको टेलिकमले जनाएको छ ।

 

नयाँ सिम लिनका लागि विद्यार्थीले एसईई प्रवेश–पत्रको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचयपत्रको फोटोकपी संलग्न गरी फारम भर्नुपर्ने बताइएको छ ।
सिम लिइसकेपछि अफरहरू प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट ‘स्टार १६०० ह्यास’मा डायल गरी प्राप्त निर्देशनबमोजिम सिम्बोल नम्बर र जन्म मिति (विक्रम सम्वत्) उल्लेख गर्नुपर्ने टेलिकमले जनाएको छ ।

 

नयाँ लिइएका सिमकार्ड एक्टिभ भएपश्चात् उनीहरूलाई स्टुडेन्ट रजिष्ट्रेसन प्याक योजनाअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी र ५ वटा एसएमएस गर्न तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने गरी मासिक ३ हजार एमबी डाटा, ३५० मिनेट टकटाइम र १५० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ ।

 



नयाँ सिममा ५० रुपैया वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । यो बोनसबापत पाइएको सुविधा ३ दिनभित्र प्रयोग गरिसक्नु पर्ने कम्पनीको भनाइ छ ।

हरेक पटक रिचार्ज गरेपश्चात् प्राप्त हुने बोनस सुविधा एक वर्ष अवधिसम्म उपयोग गर्न सकिनेछ ।



 

कोरोनाले गर्दा उब्जिएको विषम परिस्थितिका कारण कम्पनीका कार्यालयमा उपस्थित हुन सहज नहुने भएकाले विद्यार्थीले पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा विभिन्न प्याक उपलब्ध गराउनेछ ।

 

यसका लागि पहिलेदेखि नै प्रयोग गरिरहेको कम्पनीको मोबाइलबाट स्टार १६००  ह्यास डायल गरी प्राप्त निर्देशनबमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्दछ । त्यसपछि नेपाल टेलिकमले प्राप्त सूचनाका आधारमा उक्त सिमलाई विद्यार्थी सिमका रुपमा रजिष्ट्रार गर्दछ । यसरी रजिष्ट्रार भएका सिमकार्डबाट विद्यार्थी रजिष्ट्रेसन प्याक सहजै प्राप्त गर्न सकिने बताइएको छ ।

 

एसईईका विद्यार्थीहरूका लागि कम्पनीले निःशुल्क प्रदान गरेका वा पहिलेदेखि नै प्रयोगमा रही विद्यार्थी सिमका रुपमा रुपान्तरण गरिएका सिमकार्डमा मागबमोजिम स्वतः ई–शिक्षा प्याकेज समेत उपलब्ध गराउनेछ ।

 

यसअघि ई–शिक्षा प्याकेजमा प्रदान गरिएको बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्र प्रयोग गर्न सकिने समयावधिलाई थप गरी अबदेखि बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिने बनाइएको छ।

 

नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरूले सिम कार्डमा मेन ब्यालेन्सको रुपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् भने योबाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएससहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन् ।

त्यसैगरी सोही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ । अफरसहितको सिम हाललाई तीन महिनासम्म उपलब्ध गराइने टेलिकमले जनाएको छ ।
 

  • प्रकाशित मिति : भदौ २, २०७७ मंगलबार १६:४६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया