logo-img

रुसले ल्याउँदैछ अर्को पनि कोरोनाभाइरस भ्याक्सिन

यसअघि स्पुत्निक ५ नामको कोरोनाभाइरस भ्याक्सिन लन्च गरिसकेको रुसले अब फेरि कोरोनाभाइरसविरुद्धको नयाँ भ्याक्सिन पनि ल्याउने भएको छ । रुसले यो नयाँ भ्याक्सिनका लागि अनुमति लिन खोजिरहेको बताइएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बुधबार रुसका उपप्रधानमन्त्री तात्याना गोलिकोवाले सेप्टेम्बरको अन्तिमसम्ममा वा अक्टोबरको पहिलो साता नै यो भ्याक्सिन ल्याउने तयारी भएको बताएका छन् ।

रुसी टिभीमा प्रसारित समाचारमा एक सरकारी बैठकमा गोलिकोवाले राष्ट्रपति भ्लादिमिर पुटिनलाई यो भ्याक्सिनको तयारी भइरहेको जानकारी दिएको दृश्य देखाइएको थियो ।

यसका लागि यो भ्याक्सिनको पहिलो र दोस्रो चरणमा मानिसमाथि परीक्षण गरिसकेको पनि उनले बताएका छन् ।

यसअघि यही महिनाको सुरुवातमा रुसले कोरोनाभाइरस भ्याक्सिनको उत्पादनका लागि मन्जुरी दिएको छ । अहिले विश्व महामारी बनेको कोरोनाभाइरसको भ्याक्सिन बनाउने रुस पहिलो देश बनेको छ ।

अनि यो भ्याक्सिनको नाम राख्न रुसले सोभियत संघको पहिलो उपग्रह स्पुत्निक नाम राखेको छ । 



रुसी अधिकारीहरुले यो भ्याक्सिन पूर्णरुपमा सुरक्षित भएको बताएका छन् । कतिसम्म भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त यो भाइरसको भ्याक्सिन आफ्नी छोरीमा समेत परीक्षण गरेको बताएका थिए । 

अब रुसले बनाएको यो पहिलो भ्याक्सिनको मानिसमा परीक्षणमा गरिँदै छ । यसका लागि रुसका ४० हजार मानिस छानिएको छ । त्यस्तै, अन्य पाँच देशमा पनि यो भ्याक्सिन परीक्षण गर्ने बताइएको छ ।



  • प्रकाशित मिति : भदौ ११, २०७७ बिहीबार २:३३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया