logo-img

स्वास्थ्यको कारण देखाउँदै जापानी प्रधानमन्त्री आवेले राजीनामा दिँदै

टोकियो– जापानका प्रधानमन्त्री सिन्जो आवेले पदबाट राजीनामा दिने भएका छन् । स्वास्थ्यको कारण देखाउँदै आवेले शुक्रबार नै पदबाट राजीनामा दिने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

६५ वर्षीय आवे केही वर्षदेखि पाचन सम्बन्धी रोगबाट पीडित थिए । पछिल्लो समय स्वास्थ्य अवस्था झन गम्भीर भएकाका कारण आवे राजीनाको निर्णयमा पुगेको  बताइएको छ।

आफ्ना कारण सरकार सञ्चालनमा समस्या नहोस भनेर उनले राजीनामा दिन लागेको जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेले जनाएको छ ।

गत सोमबार मात्रै आवेले जापानमा सबैभन्दा लामो पदमा रहने नेताको इतिहास बनाएका थिए । उनको कार्यकाल २०२१ मे सम्म थियो ।






  • प्रकाशित मिति : भदौ १२, २०७७ शुक्रबार १२:२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया