logo-img

पत्रकार वीरेन्द्र साहको हत्यारा १२ वर्षपछि पक्राउ

बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न फरार एक अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । कोल्हवी नगरपालिका–४ का हरेराम पटेल भन्ने हरेरामप्रसाद कुर्मी पक्राउ परेका हुन् । 

बाराका प्रहरीका अनुसार कुर्मीलाई बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले सुराकीको आधारमा पक्राउ गरेको हो । 

कुर्मीलाई बाराको सदरमुकाम कलैयादेखि २० किलोमिटर उत्तर–पूर्वमा पर्ने कोल्हवी नगरपालिका सपही टोलबाट पक्राउ गरिएको हो । 

कुर्मीलाई जिल्ला अदालत बाराबाट म्याद थप्ने तयारी भइरहेको प्रहरीको भनाइ छ । 





  • प्रकाशित मिति : भदौ २५, २०७७ बिहीबार १८:१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया