logo-img

मेक्सिकोको एक रेस्टुरेन्टमा गोली प्रहार गरी ११ जनाको हत्या

मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वानजुतोको एक रेस्टुरेन्टमा भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ । प्राप्त पछिल्लो समाचारअनुसार उक्त रेस्टुरेन्टमा आएका हतियार धारी जत्थाले आइतबार उक्त रेस्टुरेन्टमा रहेका पाहुना र कर्मचारीहरूमाथि गोली चलाएका थिए ।

मोटरसाइकलमा आएका ती बन्दुकधारीहरुले रेस्टुरेन्टभित्र छिरेर अन्धाधुन्ध गोली प्रहार गर्दा त्यहाँ रहेका पाहुना र कर्मचारीको ज्यान गएको बताइएको छ । 

त्यस हिंसामा परेर सात जना पुरुष र चार जना महिला मारिएका छन् । अरु केही कर्मचारीहरु घाइते भएको समाचारमा जनाइएको छ । ग्वान्जु सहरमा खासगरी कृषि पेसामा कार्यरत व्यक्तिहरुको बसोबास रहेको छ । सो सहरमा विगत लामो समयदेखि हिंसा हुँदै आएको छ । 

यहाँ यस्तै आक्रमणका घटनाहरूको हिंसामा परी बर्सेनि सयौँ नागरिकको ज्यान जाने गरेको बताइन्छ । सो हिंसा कसले र के कारणले गरेको हो भन्ने विषयमा केही थाहा हुन सकेको छैन । यस दुर्घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : असोज १२, २०७७ साेमबार १४:३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया