logo-img

बिमा समितिका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी

बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

अध्यक्ष चापागाईंले पदमा रहेर विभिन्न ९ वटा शीर्षकमा आर्थिक अनियमितता गरेका भन्दै अख्तियारमा उजुरी परेको हो ।

आयोगमा परेको बेनामे उजुरीमा जीवन बिमा, निर्जीवन बिमा कम्पनी दर्ता गर्दा, कम्पनीको स्थलगत निरीक्षण गर्दा, सवारी साधान गरिद गर्दा, अत्यधिक जिल्ला भ्रमण गर्दा, कोरोना बिमालेख जारी गर्दा, नीतिगत कार्य नगरी, समितिको विज्ञापन र कर्मचारीको सरुवा, बढुवा, आन्तरिक प्रणाली र संस्थागत सुशासन पालना गर्ने÷गराउने क्रममा आर्थिक हिनामिना गरी अधिकारको दुरुपयोग गरेको उल्लेख छ ।

अध्यक्ष चापागाईंले संस्थागत सुशासन कायम गर्नुपर्नेमा उनले आफू नियुक्ति भए लगतै १० वटा जीवन बिमा कम्पनी र ३ वटा निर्जीवन बिमा कम्पनीलाई इजाजतपत्र प्रदान गरी मनग्य कमिसन लिई भ्रष्टाचार गरेको, सरकारलाई लघु बिमाको योगदान १२ भनेर झुठो विवरण दिएको (कुल बिमा शुल्कको आधारमा गणना गर्नु पर्नेमा जारी बिमालेखको आधारमा गणना गरिएको) आरोप लगाइएको छ ।

 

 





  • प्रकाशित मिति : असोज १९, २०७७ साेमबार १३:१६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया