logo-img

क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

फुटबलस्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण भएको छ । पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान तथा इटालियन च्याम्पियन युभेन्टसका फरवार्ड रोनाल्डोलाई मंगलबार कोरोना पुष्टि भएको हो ।

हाल उनी युइएफए नेसन्स लिग तथा मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीको साथमा छन् । पोर्चुगिज फुटबल महासंघले पोर्चुगलको टोलीका अन्य सदस्यमा भने संक्रमण नदेखिएको जानकारी दिएको छ । 

पोर्चुगलको राष्ट्रिय टोली युइएफए नेसन्स लिगअन्तर्गत बुधबार स्विडेनको सामना गर्ने तयारीमा छ । कोरोना पुष्टिपछि सो खेलमा रोनाल्डो सामेल हुन नपाउने भएका छन् । 

रोनाल्डोलाई सेल्फ आइसोलेसनमा बस्नका लागि घर पठाइएको छ । कोरोना पोजेटिभ भए पनि उनमा कुनै लक्षण नदेखिएको महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : असोज २७, २०७७ मंगलबार २०:३६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया