logo-img

कोरोना महामारीबीच सवा लाख नेपाली फर्किए
फाइल फोटो

विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेकामध्ये सरकारले  हालसम्म एक लाख २४ सय ३६ जनाको उद्वार गरेको छ । सिसिएमसीले जारी गरेको हालसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी २९ हजार ४३२ जना युएईबाट फर्किएका छन् ।

दोस्रोमा कतारबाट १५ हजार ८१७ जना स्वदेश फर्किएका छन् । तेस्रोमा साउदीबाट १५ हजार ६४७ र मलेसियाबाट १४ हजार ७१८ जना स्वदेश आएका छन् । यस्तै, कुवेतबाट ९ हजार ५११ जना स्वदेश फर्किएका छन् । 

यो अवधिमा बहराइनबाट एक हजार ३३९ जना स्वदेश फर्किंदा अस्ट्रेलियाबाट १२ सय ३५ जना स्वदेश फर्किएको उल्लेख छ । ओमानबाट १६ सय ३९ जना र दक्षिण कोरियाबाट १८ सय ११ जना फर्किएकोमा छिमेकी देश बङ्गलादेशबाट ९३० जना फर्किएको सिसिएमसिले जनाएको छ । 

यसैगरी, माल्दिभ्सबाट एक हजार १८ जना फर्किएकोमा छिमेकी देश चीनबाट ४२३ जना नेपाली स्वदेश फर्किएका छन् । हालसम्म सिगांपुरबाट ८२३ जना, संयुक्त राज्य अमेरिकाबाट ६०५ जना र जोर्डनबाट ५७७ जना स्वदेश फर्किएका छन् । 

यस्तै, थाइल्याण्ड ३२६ फर्किएका छन् भने इराक, स्विजरल्याण्ड, इरान, इथोपिया, ट्युनिसिया, सुडान, नाइजेरिया, युगाण्डा, पोर्चुगल, फ्रान्स, स्पेन, ग्रिसलगायत बाट सयभन्दा कम संख्यामा स्वदेश फर्किएको तथ्यांकमा छ ।

साथै, अष्ट्रिया, नेदरल्याण्ड, बेल्जियम, इटाली, चेक गणतन्त्र, पोल्याण्ड, जर्मनी, अर्मेनिया, स्विडेन, नर्वे, फिनल्याण्ड, डेनमार्क, क्यानडा, मकाउ, पाकिस्तान, अफगानिस्तान, कम्बोडिया, म्यानमार, इजरायललगायत देशबाट थोरै मात्रामा नेपाली स्वदेश फर्किएका छन् ।



अफ्रिकी मुलुक सोमालियाबाट समेत एक जना मात्रै नेपाली स्वदेश फर्किएको सिसिएमसीले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउने काम अहिले पनि जारी राखेको छ ।



  • प्रकाशित मिति : असोज २९, २०७७ बिहीबार १५:५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया