logo-img

जंगी अड्डाले आइतबार निवर्तमान रक्षामन्त्री पोखरेललाई बिदाइ गर्ने

निवर्तमान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई नेपाली सेनाको जंगी अड्डाले आइतबार बिदाइ गर्ने भएको छ । 

जंगी अड्डाले निवर्तमान रक्षामन्त्रीको हैसियतमा आइतबार साँझ पोखरेलको बिदाइ गर्ने भएको हो ।

प्रधानमन्त्री केपी ओलीले उपप्रधानमन्त्री पोख्रेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्न जिम्मेवारी प्रदान गरेका छन् । 

रक्षा मन्त्रालयबाट बिहीबार बिदाइ भएका पोखरेललाई बिदाइका लागि जंगी अड्डाले उपप्रधानमन्त्री पोख्रेलेको समय मिलाएको जनाएको छ । 

बिहीबारबाट उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले स्वयं सम्हालेका छन् । 





  • प्रकाशित मिति : असोज २९, २०७७ बिहीबार १९:४९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया