logo-img

चार कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि प्रेस काउन्सिल बन्द

प्रेस काउन्सिल नेपालले अनलाइन उजुरीबाहेक अन्य सेवा प्रवाह आजदेखि बन्द गरेको छ । काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराले एक सूचना जारी गर्दै कोभिड– १९ को सङ्क्रमणको जोखिम बढेकाले हाललाई अनलाइन उजुरीबाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिए । 

उनले काउन्सिलका चारजना कर्मचारीलाई सङ्क्रमण देखिएकाले अन्य कर्मचारीमा समेत सङ्क्रमणको भयावह रुप लिनसक्ने अवस्थालाई मध्यनजर गर्दै दसैँअगाडि सबै सेवा स्थागित गरिएको जानकारी दिए ।

‘दसैँको पूर्वसन्ध्यामा काउन्सिलबाटै कोभिड– १९ को सङ्क्रमणले भयावह रुप लिनसक्ने अवस्थालाई मध्यनगर गरी क्षमता र परिस्थितिअनुसार सकुशल रहेका कर्मचारीले आआफ्नो घरबाट अनलाइन उजरी र स्वअनुगमनसम्बन्धी कार्य गर्नेगरी आजदेखि अर्को व्यवस्था नभएसम्मका लागि अनलाइन उजुरीबाहेक अन्य सेवा स्थगित गरिएको छ,’  जारी सूचनामा भनिएको छ । 

काउन्सिलका एक अधिकृत, दुई वरिष्ठ सहायक र हलुका सवारी चालकलाई सङ्क्रमण देखिएको छ । 





  • प्रकाशित मिति : कात्तिक ३, २०७७ साेमबार १७:०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया