logo-img

मेक्सिकोमा कोरोना संक्रमितको संख्या ९ लाख पुग्यो

मेक्सिकोमा कोरोना संक्रमितको संख्या ९ लाख पुगेको छ ।  कोरोना संक्रमणबाट मेक्सिकोमा ८९ हजारभन्दा बढीको मृत्यु भएको एक वरिष्ठ स्वास्थ्य अधिकारीले जनाएको छन् ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ६४३ जनाको मृत्यु भएको र ५ हजार ९४२ नयाँ व्यक्तिमा संक्रमण भेटिएको मेक्सिकोका स्वास्थ्य मन्त्रालयका महामारी विभागमा निर्देशक जोसे लुइस अलोमियाले एक पत्रकार सम्मेलनमा बताएका छन् । 

मेक्सिकोमा ९ लाख १ हजार २६८ व्यक्ति कोरोना संक्रमित भएका र यस संक्रमणबाट ८९ हजार ८१४ जनाको मृत्यु भएको जनाइएको छ । हाल ५२ हजार ४२८ जना कोरोना भए नभएको परीक्षण गराई परिणामको पर्खाईमा रहेका जनाइएको छ । 





  • प्रकाशित मिति : कात्तिक १२, २०७७ बुधबार १७:२२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया