विवाह गर्न नमानेको झोकमा अभिनेत्रीमाथि चक्कु हान्नेलाई प्रहरीले फेला पार्यो

भारतीय टेलिभिजनकी अभिनेत्री मालवी मल्होत्रामाथि चक्कु हमला गर्ने व्यक्तिलाई मुम्बई प्रहरीले फेला पारेको छ । आफूसँग विवाह गर्न नमानेको आरोपमा योगेश महिपाल सिंह मल्होत्रामाथि चक्कु हानेको आरोप छ । 

प्रहरीले सिंहलाई घाइते अवस्थामा फेला परेका हुन् । उनलाई प्रहरी निगरानीमा एक अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्यमा सुधार आएपछि उनलाई पक्राउ गर्ने प्रहरीले जनाएको छ ।

आरोपी सिंह मंगलबार राति छिमेकी पालघर जिल्लाको बसईस्थित एक अस्पतालमा उपचारका लागि भर्ना भएको अवस्थामा प्रहरीले फेला पारेको हो । मालवीलाई हमला गरेपछि उनले आत्महत्याको प्रयास गरेको प्रहरीको आशंका गरिएको छ । 

सोमबार राति मुम्बईको बर्सोवा क्षेत्रमा अभिनेत्री मालवीको पेट र दुई हातमा चक्कु प्रहार भएको थियो । गम्भीर घाइते भएकी उनको मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उपचार भइरहेको छ ।

विवाहको प्रस्ताव अस्वीकार गरेका कारण योगेशले आफूमाथि हमला गरेको मालवीको आरोप छ । आरोपी सिंहविरुद्ध ३०७ (हत्याको प्रयास) सहित एफआईआर दर्ता गरिएको छ ।





  • प्रकाशित मिति : कात्तिक १२, २०७७ बुधबार १७:४०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया