मेक्सिकोमा कोरोना संक्रमितको संख्या ९ लाख नाघेको छ । कोरोना संक्रमणबाट मेक्सिकोमा ९० हजारभन्दा बढीको मृत्यु भएको एक वरिष्ठ स्वास्थ्य अधिकारीले जनाएका छन् ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट ४९५ जनाको मृत्यु भएको र ५ हजार ५९५ नयाँ व्यक्तिमा संक्रमण भेटिएको मेक्सिकोका स्वास्थ्य मन्त्रालयका महामारी विभागमा निर्देशक जोसे लुइस अलोमियाले पत्रकार सम्मेलनमा बताए ।
मेक्सिकोमा ९ लाख ६ हजार ८६३ व्यक्ति कोरोना संक्रमित भएका र यस संक्रमणबाट ९० हजार ३०९ जनाको मृत्यु भएको जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।