अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पलाई अर्को एक झट्का लागेको छ ।
जर्जिया राज्यका निर्वाचन अधिकारीहरुले यसको पुष्टि गरेका छन् । त्यहाँ आधिकारिक रुपमा अब राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले जित दर्ज गरेका छन् ।
त्यसो त यसअघि त्यहाँ सुरुमा नै बाइडेनले जित निकालेका थिए । तर, ट्रम्प पक्षले त्यहाँ धाँधली भएको आरोप लगाएको थियो । धाँधली भएको भन्दै उनीहरुले पुनः मतगणना गर्न माग गरेका थिए ।
फेरि गरिएको गणनामा अब बाइडेनले त्यहाँ ५९ लाखभन्दा धेरै भोटले ट्रम्पलाई हराएका हुन् ।
अमेरिकी इलेक्टोरल कलेजको सिस्टमअनुसार अब जो बाइडेनसँग ३ सय ६ इलेक्टोरल कलेज मत छ भने ट्रम्पसँग २ सय ३२ मत छ । अमेरिकामा राष्ट्रपति बन्नका लागि २ सय ७० मतको आवश्यकता हुन्छ ।
अर्कोतिर जो बाइडेनले अहिलेसम्म पनि ट्रम्पले हार स्वीकार नगरेकाले उनलाई अमेरिकाका सबैभन्दा बढी गैर जिम्मेवार भनिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।