logo-img

थप समस्यामा तानिइन् कंगना

पछिल्लो केही समय यता लगातार चर्चामा रहेकी बलिउड अभिनेत्री कंगना रनौट थप समस्यामा तानिएकी छिन् । अब उनका लागि समस्याहरु बढ्दै गएका छन् । 

शिवसेनाका विधायक प्रताप सरनाइकको विषयमा एक ट्विट गरेपछि उनी थप विवादमा तानिएकी हुन् ।

उनले प्रतापको घरबाट त्यहाँको एक छानबिन ब्यूरोले पाकिस्तानी क्रेडिट कार्ड फेला पारेको बताएकी थिइन् । मुद्रा अपचलनको विषयमा अहिले प्रतापमाथि छछानबिन भइरहेको छ । तर, कंगनाले यो विषयमा ट्विट गरेपछि उनले कंगनाविरुद्ध मुद्दा हालेका छन् । उनले कंगनाको ट्विटका कारण आफू बदनाम भएको बताएका छन् । 

कंगनाले यो ट्विट १२ डिसेम्बरमा गरेकी थिइन् ।





  • प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार ३:४२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया