logo-img

युरोपमा कोभिड–१९ विरुद्धको खोप अभियान सुरु

युरोपेली युनियनमा आबद्ध मुलुकमा आइतबारदेखि एकसाथ कोभिड–१९ विरुद्धको खोप अभियान सुरु गरेको छ । 

कोरोना भाइरसको नयाँ स्वरुप देखिएकै अवस्थामा युरोपका केही मुलुकले अति जोखिममा रहेका मानिसलाई पहिलो प्राथमिकतामा राखी खोप लगाउने तयारी गरिरहेका छन् । 

फाइजर–बायोएनटेकले विकास गरेको खोप कोभिड–१९ बाट सर्वाधिक प्रभाव परेका इटाली, स्पेन र फ्रान्समा शनिवार पहिलो डोजका लागि खोप आइपुगेको छ । पहिलो चरणमा यो खोप वृद्धवृद्धा र उनीहरूको हेरचाहमा खटिने व्यक्तिहरुलाई दिइने जानकारी दिइएको छ ।

कोरोना भाइरसको खोपका कारण सन् २०२१ मा नयाँ आशाको किरण देखिएको छ । गत वर्ष चीनमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर हालसम्म १७ लाखभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । 

जर्मनीमा १०१ वर्षीया वृद्धालाई शनिवार कोभिड–१९ विरुद्धको खोप दिइएको छ । जर्मनीका स्वास्थ्य मन्त्रीले त्यस अवसरमा खोपलाई आशाको दिनको रुपमा हेरिएको बताए ।





  • प्रकाशित मिति : पुस १२, २०७७ आइतबार १६:३५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया