भारतमा १ करोड ३ लाख ४० हजारभन्दा बढी कोरोना सङ्क्रमित

भारतमा सोमबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ३ लाख ४० हजारभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा १६ हजार ५०४ नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड  ३ लाख ४० हजार ४६९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

सोही अवधिमा भारतमा कोरोना सङ्क्रमणबाट २१४ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ लाख ४९ हजार ६४९ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९९ लाख ४६ हजार ८६७ व्यक्ति सङ्क्रमणमुक्त भएको देखाइएको छ । हाल भारतमा २ लाख ४३ हजार ९५३ सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ४२४ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको र १४ जनाको मृत्यु भएको छ । भारतमा कोरोना सुरु भएयता यसको सङ्क्रमणबाट दिल्लीमा मात्रै १० हजार ५८५ जनाको मृत्यु भइसकेको छ ।





  • प्रकाशित मिति : पुस २०, २०७७ साेमबार १८:१६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया