logo-img

मुख्यमन्त्रीविरूद्ध हस्ताक्षर गरेकी सांसद ओली समूहमा फर्किइन्

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्‍वासको प्रस्तावमा हस्ताक्षर गरेकी एकजना सांसद केपी शर्मा ओली नेतृत्वको नेकपामा फर्किएकी छन्। 

नेकपाको संसदीय दलभित्र अल्पमतमा परेपछि तनावमा रहेका प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले दाहाल-नेपाल समूहमा लागेकी एकजना सांसदलाई तान्न सफल भएका हुन्। 

राईले आफूविरुद्ध हस्ताक्षर गरेकी मोरङकी सांसद वसन्तीदेवी यादवलाई शनिबारदेखि आफ्नो समूहमा तानेका हुन्। यादवले परराष्ट्र मन्त्री एवम् ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भेटेपछि ओली समूहमा खुल्ने निर्णय लिएकी हुन्। 



प्रदेश १ मा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावमा ३७ जना सांसदले हस्ताक्षर गरेका थिए। जसमध्ये यसअघि नै कला घले ओली समूहमा आएकी थिइन्। अब यादव पनि ओली समूहमा लागेपछि हस्ताक्षर गर्नेको संख्या ३५ मा झरेको छ।





  • प्रकाशित मिति : पुस २५, २०७७ शनिबार १५:३९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया