प्रचण्डलाई लुम्बिनीका मुख्यमन्त्रीले गरे ट्रम्पसँग तुलना

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकी राष्ट्रपतिमा पराजित डोनाल्ड ट्रम्पसँग तुलना गरेका छन् । 
 
प्रचण्डले आगामी माघ ९ गतेको आन्दोलन चर्काउन कार्यकर्तालाई गरेको आग्रहको समाचार सेयर गर्दै पोखरेलले ट्रम्पसँग तुलना गरेका हुन् । 

अमेरिकामा ट्रम्पका प्रतिस्पर्धी जाे बाइडेनको ​विजयकाे औपचारिक घोषणाका दिन आन्दोलन चर्काउन ट्रम्पले आफ्ना समर्थकलाई ट्विटमार्फत आग्रह गरेका थिए । साे दिन ट्रम्प समर्थकले संसदमा आक्रमण गर्दा पाँचजनाकाे ज्यान गएकाे थियाे । 

प्रचण्डको आह्वानलाई ट्रम्पको आह्वानसँग तुलना गर्दै उनले भनेका छन्– ट्रम्पको एउटा उत्तेजना भड्काउने ट्विटले उनलाई नै अप्ठ्यारोमा पार्यो । प्रचण्ड कमरेड यसरी भड्काउ भाषण गरेर मुलुकको हित होला र ?

 





  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार १७:४१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया