logo-img

बजेटको अर्धवार्षिक समीक्षा : हुनै सकेन विकास खर्च

चालु आवको दोस्रो त्रैमाससम्म विकास खर्च नगन्य रुपमा मात्र भएको छ ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७÷७८ को बजेटको अर्धवार्षिक समीक्षा गर्दा यस्तो अवस्था देखिएको हो । सम्बन्धित मन्त्रालयका सचिवको उपस्थितिमा अर्थले बजेटको समीक्षा गरेको हो ।

कोरोना महामारी र विकृत राजनीतिका कारण आर्थिक विकासमा गम्भीर असर परेको देखिएको छ  । दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा पुँजीगततर्फ ५० अर्ब ८२ करोड रुपैयाँ (१४.४० प्रतिशत) र चालू खर्चतर्फ ३ खर्ब ४२ अर्ब ३६ करोड रुपैयाँ (३६.०८ प्रतिशत) खर्च भएको छ ।

आर्थिक वर्षको आधा अवधि समाप्त हुँदा संघीय सरकारका अधिकांश मन्त्रालयको विकास खर्च १० प्रतिशत पनि हुन सकेको पनि चालु खर्चमा भने कुनै पनि कमी आएको छैन । 





  • प्रकाशित मिति : माघ १२, २०७७ साेमबार १५:१९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया