logo-img

निर्जीवन बिमा कम्पनीको बिमा शुल्क आर्जन १५ अर्ब
शिखर अग्रणी रहँदा अन्त्यमा पुग्यो सानिमा जनरल

चालु आवको ६ महिनासम्म जीवन बिमाको तुलनामा निर्जीवन बिमा व्यवसायको विस्तार न्यून देखिएको छ । चालू आवको पहिलो ६ महिनामा जीवन बिमाको व्यवसाय ३२ दशमलव १२ प्रतिशतले बढेको छ भने निर्जीवन बिमाको व्यवसाय ९ दशमलव ९० प्रतिशत मात्रै बढेको छ । गत आवको यही अवधिमा निर्जीवन बिमा व्यवसाय १५ प्रतिशतभन्दा बढीले बढेको थियो ।

हाल नेपालमा व्यवसाय गरिरहेको २० कम्पनीमध्ये १९ले यस अवधिमा रू. १५ अर्ब २० करोड बिमाशुल्क संकलन गरेका छन् । सरकारी स्वामित्व राष्ट्रिय बिमा कम्पनीले भने समीक्षा अवधिको वित्तीय विवरण पेश नगरेको बिमा समितिको भनाइ छ ।

समीक्षा अवधिमा निर्जीवन बिमा कम्पनीतर्फ शिखरले सर्वाधिक बिमा शुल्क आर्जन गर्दा सबैभन्दा कम भने सानिमा जनरल इन्स्योरेन्सले संकलन गरेको छ । यस अघि निरन्तर अब्बल साबित हुँदै आएको शिखर इन्स्योरेन्सले रेकर्डलाई निरन्तरता दिदै २ अर्ब भन्दा बढी बिमाशुल्क आर्जन गरेको हो ।

बिमा समितिको तथ्यांक अनुसार सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले २ अर्ब ११ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बिमा कम्पनीहरूले संकलन गरेको कुल बिमाशुल्कको १३.८८ प्रतिशत हो । 

सबैभन्दा कम सानिमा जनरलले २८ करोड रुपैयाँ मात्रै बिमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बिमा कम्पनीहरूले आर्जन गरेको कुल बिमाशुल्कको १.८४ प्रतिशत मात्रै हो ।

यस्तै, नेको इन्स्योरेन्सले १ अर्ब ३५ करोड, सगरमाथा इन्स्योरेन्सले १ अर्ब ३३ करोड, सिद्धार्थ इन्स्योरेन्सले एक अर्ब २१ करोड र एनएलजी इन्स्योरेन्सले १ अर्ब ११ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका छन् गर्दा बाँकी कुनै कम्पनीले बिमाशुल्क अर्ब नघाउन सकेका छैनन् । 



नयाँ निर्जीवन बिमा कम्पनीमा अजोड इन्स्योरेन्सले ६३ करोड रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेकोे छ । यो पुरानो सञ्चालनमा रहेका युनाइटेड, ओरियन्टल, प्रुडेन्सियल, एभरेष्ट, हिमालयन जनरल र नेशनल इन्स्योरेन्सको भन्दा बढी हो । यस अवधिमा सबैभन्दा कम सानिमा जनरल इन्स्योरेन्सले २८ करोड रुपैयाँ मात्रै बिमाशुल्क आर्जन गरेको छ । 

निर्जीवन बिमा व्यवसाय बैंक तथा वित्तीय कारोबारसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । बैंक तथा वित्तीय संस्थाहरूले जेजति क्षेत्र तथा सम्पत्तिमा ऋण लगानी गर्छन् तीमध्ये अधिकांशको बिमा गर्नुपर्ने हुन्छ । 



जीवन बिमा कम्पनीले आर्जन गरे ६३ अर्ब बिमा शुल्क

  • प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार १२:५२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया