आजको मौसम : उच्च पहाडी तथा हिमाली भागमा हिमपात, तराईमा हुस्सु र कुहिरो

आज देशभरको मौसम सामान्यतया सफा रहेको छ । पहाडी भेगमा थोरै स्थानमा हुस्सु रहेको र तराईका अधिकांश भागमा हुस्सुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

विभागका अनुसार आज देशभर सामान्यतया मौसम सफा रहेपनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हिमपातको सम्भावना रहेको छ । अहिले नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो प्रदेश न. १ को पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।  

यस्तै भोलि सोमबार देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।  

तराईका भू–भागहरुमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले सबैमा अनुरोध छ ।





  • प्रकाशित मिति : माघ १८, २०७७ आइतबार ६:३२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया