टि-१० लिग : सोमपाल र करणको टोलीको लगातार हार

युएईमा जारी टि १० लिग क्रिकेट प्रतियोगितामा नेपाली खेलाडी सोमपाल कामी र करण केसीका टोलीले लगातार हार ब्योहोरेका छन् । गएरातिका खेलमा सोमपालको टिम पारस खड्काको टिमसँग पराजित भयो । 

सोमपालको मराठा अरेवियन्स पारस र कुशल मल्ल आवद्ध टिम अबुधावीसँग ९ विकेटले पराजित भएको छ । मराठाले दिएको ९८ रनको लक्ष्य अबुधावीले छैटौँ ओभरमा १ विकेटको क्षतिमा भट्टयो । 

अबुधावीविरुद्ध एक ओभर बलिङ गरेका सोमपालले २७ रन दिएका थिए । हारसँगै अरेवियन्स २ अंकसहित अंक तालिकाको पुछारमा रहेको छ । 

अको खेलमा करणको टिम पुणे डेभिल्स नर्दन वारियर्ससँग ८ विकेटले पराजित भयो । पुणेले दिएको ९८ रनको लक्ष्य वारियर्सले २ विकेटको क्षतिमा पाँचौँ ओभरमै पूरा गर्यो । 

पुणेको तर्फबाट ब्याटिङ गरेका करणले ९ बलमा ३ रन बनाए । आठौँ ओभरको चौथो बलमा उनी आउट भए । हारसँगै उनको टिम अंकतालिकाको पुछारबाट दोस्रोमा रहेको छ । 

यस्तै हिजो पहिलो खेलमा कलन्डर्सले बंग्ला टाइगर्सलाई ७ रनले पराजित गरेको छ । १०५ रनको विजयी लक्ष्यसहित ब्याटिङमा आएको बंग्लाले ६ विकेटको क्षतिमा ९७ रन मात्रै बनाउन सक्यो । कलन्डर्सले खेलेका ५ वटै खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।





  • प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार ७:५४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया