logo-img

बिमा समितिका अध्यक्ष सिलवालले लिए शपथ, बिमा पहुँच बढाउनुपर्नेमा जोड

अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले आगामी दिनमा बिमा पहुँच बढाउनुपर्ने बताएका छन् । बिहीबार बिमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवाललाई शपथ ग्रहण गराउँदै सचिव पुडासैनीले बिमाको पहुँच बढाउनुपर्ने प्रमुख जिम्मेवारी रहेको बताएका हुन् । 

उनले बिमा क्षेत्रमा सुशासनको समस्या रहेको भन्दै राम्रो नियमको विकास गर्नुपर्ने चुनौती रहेको पनि बताए । कोरोना बिमाको दाबी गर्नेहरुलाई भुक्तानी गर्नु तथा फन्डको व्यवस्थापन गर्ने चुनौती रहेको पनि उनको भनाइ छ । सरकारको स्वामित्वमा रहेका दुई बिमा कम्पनीहरुलाई पारदर्शी बनाउनुपर्ने पनि उनको भनाइ छ ।

बिमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीको पहुँच बिस्तारका साथै कम्पनीको विश्वसनीयता बढाउन आफू खरो रुपमा उत्रिने बताए । नीतिगत कुराहरुलाई फास्ट ट्रयाकमा लैजान मन्त्रालयको सहयोगको अपेक्षा रहेको उनको भनाइ छ ।

बिमा क्षेत्रको वर्तमान समस्यालाई समाधान गर्दै नीतिगत र संरचनालाई समीक्षा गरिने उनको भनाइ छ । कार्यक्रममा उपस्थित अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयको तर्फबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 





  • प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार १६:४२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया