logo-img

साढे ३६ हजारले पाए कोरोना बिमा रकम

बिहीबारसम्म कोरोना बिमाको दाबी गर्ने ६५ हजार ५१९ मध्ये २८ हजार ९५० जनाको दाबी भुक्तानी गर्न बाँकी रहेको बिमा समितिले जनाएको छ ।

हालसम्म ३६ हजार ५६९ बिमितलाई ३ अर्ब ५५ करोड २९ लाख २५ रुपैयाँ दाबी भुक्तानी भएको समितिको तथ्यांक छ । स्वीकृत भएर चार हजार ८७३ बिमितको दाबी भुक्तानीकोे क्रममा रहेको बताइएको छ ।

भुक्तानी हुन बाँकीमध्ये नौ हजार ८२४ वटा दाबी स्वीकृतिको प्रक्रिया रहेको  तथा १९ सय ५९ वटा फाइल भेरिफिकेसनका लागि इपिडिमियोलोजीमा पठाउने क्रममा रहेको समितिले जनाएको छ । 

यस्तै, आवश्यक कागजात पूरा नभएको तीन हजार ३७५ फाइल बिमा कम्पनीमा फिर्ता गरेको छ । दोहोरो दाबीलगायत विभिन्न कारणले ३६५ दाबीको भुक्तानी नहुने जनाएको छ । त्यस्तै, हाल आठ हजार ५५४ दाबी प्रमाणीकरणको प्रक्रियमा रहेको बताइएको छ ।





  • प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार १७:५२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया