११ पिच भएको विश्वकै एकमात्र क्रिकेट मैदान मोटेरा

भारत–इङ्ल्यान्ड तेस्रो टेस्ट बुधबारबाट भारतको अहमदाबादस्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट मैदान मोटेरामा सुरु भएको छ । सन् १९८३ बाट सञ्चालमा आएको यो मैदानलाई हालै स्तरोन्नति गरेर विश्वकै सबैभन्दा ठूलो क्रिकेट मैदान बनाइएको हो । यो मैदानको पुनर्निर्माण सन् २०१७ बाट थालिएको थियो ।

सरदार पटेलको नामले पनि परिचत मोटेरा क्रिकेट मैदानमा सन् २०१४ पछि पहिलो खेल हुन लागेको हो ।

सात अर्बमा बनेको मोटेराका ९ तथ्य 

१.सात अर्ब भारतीय रुपैयाँमा निमार्ण सम्पन्न गरिएको मोटेरा क्रिकेट मैदान ६३ एकडमा फैलिएको छ । जसमा ओलम्पिक साइजको पौडी पोखरी, ४ ड्रेसिङ रुम र दुई अभ्यास मैदान छन् ।

२.११ पिच भएको मोटेरा विश्वको एक मात्र क्रिकेट मैदान हो । यो मैदानमा ५ पिच निर्माण गर्दा रातो र ६ पिच निमार्ण गर्दा कालो माटोको प्रयोग गरिएको छ ।

३. मोटेरा क्रिकेट मैदानको क्षमता १ लाख १० हजार छ । यसअघि विश्वको सबैभन्दा ठूलो क्रिकेट मैदानका रूपमा रहेको मेलवर्नको क्षमता १ लाख थियो ।  
भारत–इङ्ल्यान्ड टेस्टका लागि यो मैदानमा ५५ हजार दर्शक उपस्थित हुनेछन् । कोरोनाका कारण ५० प्रतिशत दर्शकलाई मात्र प्रवेश अनुमति दिइएको हो ।  



४. मोटेरा क्रिकेट मैदानमा वर्षाका कारण खेल स्थगित हुँदैन किनकि यो मैदानमा यस्तो प्रविधिको प्रयोग गरिएको छ जसले वर्षा रोकिएको आधा घण्टामै मैदानलाई सुख्खा बनाउँछ । 

५.यो मैदानमा फ्लड लाइट नभएर एलइडी लाइटको प्रयोग गरिएको छ । एलइडी लाइटमा छाया नदेखिने भएकाले रातको समयमा खेल्न सहज हुन्छ । एलइडी लाइट प्रयोग भएको मोटेरा भारतको पहिलो क्रिकेट मैदान हो । 



६.मैदानको ४ ड्रेसिङ रुममा आधुनिक जिमखानको पनि व्यवस्था गरिएको छ जसका कारण खेलाडीलाई जिम गर्न अन्यत्र जानु पर्नेछैन । 

 ७. यो मैदानको प्याराफिट ३६० डिग्रीमा निमार्ण गरिएको हुँदा जुनसुकै स्थानबाट पनि दर्शकले स्पष्ट देख्न सक्नेछन् ।

८.यो मैदानको उद्घाटन गत वर्ष नै अमेरिकी राष्ट्रिपति डोनाल्ड ट्रम्पले गरेका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ठूला परियोजनामध्ये यो पनि एक हो । 

९.अत्याधुनिक सुविधा सम्पन्न मोटेरा क्रिकेट मैदानको पूर्ण स्वामित्व गुजरात क्रिकेट एसोसिएसनसँग छ ।

  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार १५:१०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया