logo-img

सरकारको रवैया नसुध्रिए फेरि सडक संघर्ष चर्काउँछौँ : नारायण वाग्ले
सरकारको रवैया मातृभाषा र कालो माटोप्रति घृणा रहेको आरोप

पछिल्लो समय नागरिक अभियन्ताको परिचय बनाएका वरिष्ठ पत्रकार नारायण वाग्लेले काठमाडौंको सम्पदा-संस्कृतिमाथि आक्रमण भइरहे फेर नागरिकलाई सडकमा ओराल्ने बताएका छन्। 

कमलपोखरीमा बनाइएका कंक्रिटका संरचना भत्काउन पुगेका नागरिक अगुवाको एउटा समूहलाई शुक्रबार सम्बोधन गर्दै वाग्लेले यस्तो बताएका हुन्।

'यो सरकारलाई कालो माटो र मातृभाषाप्रति घृणा रहेछ। यो सरकारको रवैया हामीले उदांगो बनाएका छौँ', उनले भने, 'यो सरकार कति भ्रष्ट र नालायक छ भन्ने उसैले पुष्टि गरेको छ। यो सरकारलाई माटो चाहिँदैन, सिमेन्ट र ढलान चाहिन्छ। सरकारले मातृभाषाको पनि सम्मान गर्न सक्दैन।'

उनले सरकार सञ्चालकले संविधान नै नपढेको आरोप लगाए। 'यो सरकारले के संविधान पढेको छ? मातृभाषा बोल्नेहरूलाई हतकडी लगाएर थुनाउँछ', उनले भने, 'फेरि लाखौँ जनता सडकमा आउन नपरोस्। यो संविधान लाखौँ जनता सडकमा ओर्लिएर आएको हो। संस्कृति सम्पदामाथिको आक्रमण जारी रहेमा नागरिकहरु संघर्षको भूमिमा उत्रनेछन्।'

 





  • प्रकाशित मिति : फागुन १४, २०७७ शुक्रबार १४:२७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया