बिएन्डसी मेडिकल कलेजलाई चिकित्सा शिक्षाको सम्बन्धन दिने आश्वासन आपत्तिजनक : पूर्वउपकुलपतिहरु

विभिन्न विश्वविद्यालयका १० जना पूर्वउपकुलपतिले प्रधानमन्त्री केपी ओलीले मंगलबार झापाको एक क्यान्सर अस्पतालको उद्घाटनका क्रममा गरेको भाषणप्रति आपत्ति जनाएका छन् । 
झापामा दुर्गा प्रसाईंले स्थापना गरेको क्यान्सर अस्पतालको उद्घाटनका क्रममा प्रधानमन्त्रीले प्राज्ञिक मर्यादाविपरीत बोलेको भन्दै उनीहरुले बुधबार विज्ञप्ति निकालेर विरोध गरेका हुन् । 

विज्ञप्तिमा भनिएको छ– अहिलेको ऐन र कानुनको मर्यादाभित्र रही अथवा त्यसमा आवश्यक सुधार गरी चिकित्सा शिक्षाको विस्तार गर्नुको साटो राज्यद्वारा अराजकताको व्यवहार हुनु भनेको अति नै ठूलो बिडम्बना हो । विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रताका लागि समर्पित हुनुपर्ने प्राज्ञहरूले पनि कतैबाट आएको दबाबका कारण वा स्वेच्छाले प्राज्ञिक मर्यादाविपरीत कुनै निर्णय गर्नु ठूलो दुर्भाग्यको कुरा हो ।’

प्रधानमन्त्रीले प्रस्तावित बिएन्डसी मेडिकल कलेजलाई चिकित्सा शिक्षा कार्यक्रमको सम्बन्धन दिने आश्वासन दिनु प्राज्ञिक मर्यादाविपरीत भएको उनीहरुको ठहर छ ।

हेर्नुहोस् विज्ञप्ति





  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १९:९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया