logo-img

गलत राजनीतिक संस्कारलाई घृणा गर्दै युवाहरू हातेमालो गरौँ : जनार्दन शर्मा

नेपाकमा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले पार्टीका नेतृत्वहरु लोकतान्त्रिक मूल्य, राष्ट्रिय भावना र उत्तरदायित्वबाट विचलित हुँदा अहिलेको समस्या उत्पन्न भएको बताएका छन्। 

मंगलबार बिहान फेसबुकमा लेख्दै शर्माले नेतृत्वको वरिपरि आलोचनात्मक चेत हराएकाहरूको बाहुल्यता बढदै जानु समस्याको अर्काे कारण भएको निष्कर्ष निकालेका हुन्। 

प्राप्त गरेको उपलब्धि समावेशी लोकतन्त्रको कार्यान्वयनको प्रारम्भमा नै संकट उत्पन्न भई राजनीति किन यति कम्जोर भयो भन्ने गम्भीर प्रश्न मनमा उठेको शर्माले बताएका छन्। 

‘आफैभित्र उत्तर खोज्दै जादा लोकतान्त्रिक मूल्य, राष्ट्रिय भावना र जनउत्तरदायित्वबाट विचलित राजनीति र नेतृत्व केन्द्रमा भेटिन्छ ’ शर्माले लेखेका छन्।

 परिवर्तनको मर्म अनुरुप राज्यको पुनर्संरचना, लोकतन्त्रको सुदृढीकरण गर्ने कार्यले भन्दा सत्ता स्वार्थ, व्यक्तिगत फाइदाको गलत मार्गमा नेतृत्व लाग्दा राजनैतिक मूल्य र आदर्श स्खलित हुन पुगेको ठहर शर्माको छ। 

उनले अब उपलब्धी रक्षा गर्नका लागि युवाहरु हातेमालो गरेर अघि बढ्नु पर्ने धारणा व्यक्त गरेका छन्। 



राष्ट्रियता र जनताका सपनाबाट विचलित विकृत राजनीतिप्रति घृणा गर्दै लोकतान्त्रिक मूल्यमा आधारित पारदर्शी जीवन व्यवहार, राष्ट्रवादी भावना र जनताप्रतिको उत्तरदायित्वपूर्ण आचरणमा प्रतिवद्ध हुँदै समावेशी विकास र सामाजिक न्याय सहितको राजनैतिक आदर्श र  संस्कारको पुनर्संरचना गर्न युवाहरूबीच हातेमालो गरौं’ शर्माले आह्वान गरेका छन्। 

राजनैतिक परिवर्तनका लागि भएको त्याग, बलिदान र नेतृत्वको योगदानको उच्च सम्मान गर्दै नयाँ मार्गबाट अघि बढ्न शर्माले सुझाएका छन्। 



हामीले प्राप्त गरेको उपलब्धि समाबेशी लोकतन्त्रको कार्यान्वयनको प्रारम्भमा नै संकट उत्पन्न भएको वर्तमान परिस्थितिमा...

Posted by Janardan Sharma on Monday, March 8, 2021
  • प्रकाशित मिति : फागुन २५, २०७७ मंगलबार ११:१६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया