सी डिभिजन लिग : चर्च ब्वाइज र खालीबारीको सुखद सुरुवात

सहिद स्मारक ‘सी’ डिभिजन लिगको आइतबार भएको खेलमा चर्च ब्वाइज युनाइटेड र खालीबारी युथ क्लबले सुखद सुरुवात गरेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा चर्च ब्वाइजले ओसिस क्लबमाथि ४–१ को सहज जित निकाल्दै सुखद सुरुवात गरेको हो ।

चर्च ब्वाइजको जितमा सुवम थापाले २, सनम भुजेल र कुवेर न्यौपानेले १–१ गोल गरे । ओसिसले भने एक गोल उपहारमा पायो ।

खेलको २९ औं मिनेटमा सनमले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए । ४१ औं मिनेटमा आत्मघाती गोल हुँदा ओसिस खेलमा फर्कियो ।

ओसिसका खेलाडीको प्रहार रोक्ने प्रयास गर्दा चर्चा ब्वाइजका खेलाडीले आफ्नै पोस्टमा गोल गर्न पुगे । 

५९ औं मिनेटमा सुवमले गोल गर्दै चर्च ब्वाइजलाई पुनः अग्रता दिलाए । ९० औं मिनेटमा कुवेर र थप गरिएको समयमा सुवमले गोल गर्दै क्लबको जित पक्का गरे । 



जितसँगै चर्च ब्वाइजले ३ अंक जोड्दा ओसिसले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

आजै भएको पहिलो खेलमा खालीबारी युथ क्लबले झापा एफसीमाथि २–१ को रोमाञ्चक जित निकाल्दै सुखद सुरुवात गरेको हो ।



खालीबारीको जितमा विपिन कँडेल र सुदीप केसीले १–१ गोल गर्दा झापाका सरोज कार्कीले एक गोल फर्काए ।

जितसँगै खालीबारीले ३ अंक जोड्दा झापाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

  • प्रकाशित मिति : चैत १, २०७७ आइतबार १७:५९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया