logo-img

सुरूमा राम्रो कुरा भयो, उठ्ने बेला टर्रो कुरा भयो : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फागुन २८ गतेका निर्णय अवैधानिक भएको बताएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा केपी शर्मा ओली पक्षसँगको बैठकमा बोल्दै नेता नेपालले पूर्व एमाले २०७५ जेठ ३ गतेकै स्थानमा फर्किन आग्रह गरेका हुन्।

उनले फागुन २८ का निर्णय खारेज गर्न प्रधानमन्त्री ओली सहमत भए कुरा मिल्न सक्ने पनि बताए। नेता नेपालले कार्यदल बनाएर जान सकिने कुरा पनि बैठकमा राखेका थिए।

‘हामी एउटै हौँ । पूर्व एमाले जुन स्थानमा थियो संरचनाको हिसाबले पदाधिकारी, सदस्यहरुको हिसाबले फर्कौं’, उनले भनेका छन्, ‘२८ गतेको बैठक वैधानिक छैन । त्यसलाई शून्य अवस्थामा पुर्‍याइदिऊँ । त्यसपछि छलफल गरौं, कार्यदल बनाएर जान सकिन्छ।’

बैठकबाट बाहिरिँदै नेता नेपालले सुरुमा एकदमै राम्रो कुरा भएको प्रतिक्रिया दिए। तर बैठकको अन्तिमा दुवै पक्ष आफ्नै अडानमा बसेका कुरो नमिलेको उनले बताए।

'सुरू एकदमै राम्रो कुरा भयो, सौहार्दपूर्ण वातावरणमा हामीले वार्ता गर्‍यौँ', उनले भने, 'तर छुट्टिने बेलामा टर्रो कुरा भयो। हामीले भनेका कुरामा प्रधानमन्त्रीजीले सहमति जनाउनु भएन, उठ्ने बेला टर्रो मुख बनाएर हिँड्यौँ।'



भिडियो



  • प्रकाशित मिति : चैत २, २०७७ साेमबार १६:४४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया