बाबुराम उवाच : ओलीलाई बिदा नगरे हामीलाई इतिहासले माफ गर्नेछैन है !

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिटो बिदा गर्न चुक्ने हो भने इतिहासले आफूहरुलाई माफ नगर्ने बताएका छन् । 

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत लोकतन्त्र र संविधानको रक्षा गर्न चुक्दै ओलीलाई बिदा नगरेको अवस्थामा आफूहरुलाई इतिहासले कहिल्यै माफ नगर्ने बताए । उनले ओलीबाट लोकतन्त्र र संविधानको रक्षा हुन नसक्ने निष्कर्ष निकालेका छन् । 

प्रधानमन्त्री ओली राज्यका सबै अंग र साधनस्रोत कब्जा गर्ने अनि चुनाव गराउने लक्ष्यसहित अगाडि बढेको डा. भट्टराईको आरोप छ । ओलीले सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाइलको चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपना देखेको पनि उनले आरोप लगाए । 

डा. भट्टराईले प्रधानमन्त्री ओली चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट पछि हट्ने सम्भावना नरहेको भन्दै अब आफूहरुले बिदा गर्नुपर्ने बताए । उनले ओलीलाई हटाउन नसके इतिहासले माफ नगर्ने उल्लेख गरेका छन् । 

डा. भट्टराईले लेखेका छन्, 'राज्यका सबै अंग र साधनस्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाइलको चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछि हट्ने कुनै छाँटकाँट नदेख्दा पनि उनलाई छिटो बिदा गर्न र लोकतन्त्र÷संविधानको रक्षा गर्न चुक्यौँ भने हामी कसैलाई इतिहासले माफ गर्नेछैन है !'





  • प्रकाशित मिति : चैत ४, २०७७ बुधबार ६:५६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया