logo-img

बिहारमा भ्याक्सिनको दोस्रो डोज लगाएका डाक्टरलाई पनि कोरोना

भारतको बिहार राज्यमा कोरोनाविरुद्ध दोस्रो डोज भ्याक्सिन लगाएको एक महिनापछि तीनजना डाक्टरमा कोरोना संक्रमण भएको छ। दोस्रो डोज लगाएकालाई पनि संक्रमण भएपछि स्वास्थ्यकर्मीहरु चकित भएका छन्। 

पटनास्थित नालान्दा मेडिकल कलेज एन्ड हस्पिटलको बाल रोग विभागमा कार्यरत एक पुरुष डाक्टरले २२ फरवरीमा भ्याक्सिनको दोस्रो डोज लगाएका थिए। त्यसको एक महिनापछि मंगलबार उनलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनी अहिले क्‍वारेन्टाइनमा रहेर उपचाररत छन्। 

उक्त अस्पतालकै अर्का डाक्टरको पनि बुधबार कोरोना रिपोर्ट पोजेटिभ आएको छ। उनले एक महिना अघि नै कोरोनाविरुद्धको भ्याक्सिनको दोस्रो डोज लगाएका थिए। उनी पनि क्‍वारेन्टाइनमा गएका छन् 

त्यही अस्पतालको बाल रोग विभागकै एक महिला डाक्टरले २४ फरवरीमा भ्याक्सिनको दोस्रो डोज लगाएका थिए। उनको पनि मंगलवार नै कोरोना जाँच रिपोर्ट पोजिटिभ आएको छ। उनीलाई पनि क्‍वारेन्टाइनमा राखिएको छ।

कोरोना पोजिटिभ पाइएका तीनैजना डाक्टरमा लक्षण देखिएको थियो। अस्पतालका प्रमुख डा. विनोद कुमार सिंहका अनुसार यसबारेमा जाँच सुरु गरिएको छ। उनीहरुलाई भ्याक्सिनको दुवै डोज दिइएको समय तालिकाबारे जाँच भइरहेको सिंहले बताए। उनले संक्रमणको पूरा विवरण पत्ता लगाउन शिशु रोग विभाग पनि बन्द गरिएको बताएका छन्।





  • प्रकाशित मिति : चैत १२, २०७७ बिहीबार २२:४५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया