logo-img

आइपिएलमा दिल्लीको नयाँ कप्तान ऋषभ पन्त

आइपिएल टिम दिल्ली क्यापिटल्सले नयाँ कप्तान तोकेको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) १४औँ संस्करणमा दिल्ली क्यापिटल्सको कप्तानी विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले गर्ने भएका छन् ।

नियमित कप्तान श्रेयस ऐयरले चोटका कारण आइपिएल गुमाउने भएपछि दिल्लीले उपकप्तान ऋषभ पन्तलाई कप्तानको जिम्मेवारी दिएको छ । पन्त दिल्लीको १३औँ कप्तान बन्ने भएका छन् ।

दिल्लीको कप्तानको दाबेदारमा पन्तसँगै अष्ट्रेलिया पूर्वकप्तान स्टिभ स्मिथ, भारतीय ब्याट्सम्यान अजिन्क्या रहाने, शिखर धवन र रविचन्द्रन आश्विन थिए ।

यस वर्षको आइपिएल अप्रिल ९ देखि सुरु हुँदै छ । आइपिएलमा दिल्लीले पहिलो खेल अप्रिल १० मा चेन्नई सुपर किंग्ससँग खेल्दै सुरुवात गर्ने छ ।

ऐयरको कप्तानीमा दिल्लीले सन् २०२० मा पहिलो पटक आइपिएलको फाइनलमा स्थान बनाउँदै इतिहास रचेको थियो । श्रेयसले आफ्नो कप्तानीमा २०१९ मा प्ले अफ सम्म पुर्याएका थिए । यस सिजनको आइपिएलमा दिल्ली उपाधिको प्रमुख दाबेदार टोली मध्य एक पर्दछ । 

गत मंगलबार इङ्ल्याण्डविरुद्ध पहिलो ओडिआई खेलमा फिल्डिङको क्रममा ऐयरको बायाँ हातको काँधमा चोट लागेको थियो । तीव्र गतिका बलर शार्दूल ठाकुरको आठौं ओभरको चौथो बलमा जोनी बेयरस्टोले प्रहार गरेको शट कभरमा रोक्ने क्रममा डाइभ मार्ने क्रममा ऐरको बायाँ काँधमा चोट लागेको थियो ।





  • प्रकाशित मिति : चैत १८, २०७७ बुधबार १०:२४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया